जिन्दगीमा आइ पर्ने कागहरु

 


संसारमा काग मात्र यस्तो पंक्षी हो, जसले उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ। तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन । न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ।


आफूलाई ठुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिँजाउछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ ।

यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता मान्छे हरु साथी हरु र आफन्त हरुलाइ बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्युँ पछाडि बसेर ठुँग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन ।

केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर तपाइको काध मा बसेर कु-नियतका साथ तपाइलाइ लडाउन , रोक्न कोसिस गर्नेछ्न ।तिनिहरु आफै परास्त हुनेछ्न।
जिन्दगी मा यस्ता काग हरुलाइ बेलै मा चिनौ बेवास्ता गरौ त्यस्मै हाम्रो भलाइ छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.