तस्बिर आफै बोल्छ
यो तस्बिरमा पछाडिबाट हात्तीलाई धक्का दिने मान्छेले न त उसले हात्तीलाई धकेलेर ट्रकमा चढाउन सक्छ, न उसले हात्ती लड्न लाग्यो भने थाम्न नै सक्छ । तर पनि उसले पछाडिबाट हात लगाइदिँदा हात्तीलाई मेरो पछाडी कोही छ भन्ने आड भरोसा मिल्छ र हात्तीको आत्मविश्वास बढ्छ अनि हात्ती ट्रकमा उक्लिन्छ ।
हामीलाई पनि यसरी पछाडिबाट हात थपथपाइ दिएर हौसला दिने, आड भरोसा दिने कोही साथ हुने हो भने हामीले नसोचेको सफलता हासिल गर्नसक्छौं ।
यसरी नै, हामीले एक अर्काको आत्मविश्वास बढाउन हौसला दिने गरौं। अगाडि बढ्न धाप दिने व्यक्ति, अनि एक अर्काको सहयोगी बनौं ।
सहयोग गर्न सकिंदैन भने केही नगरौं तर अफ्ठयारोमा चै नपारौं ।
